Communication Process (संचार प्रक्रिया)

Tuesday, December 6, 2011

सूचना वा सन्देशको आदान प्रदान गरीने प्रक्रियालाई संचार प्रकृया भनिन्छ। संचार प्रकृया मा विभिन्न तत्वहरु हुन्छन् जो एक अर्कामा अन्तरसम्बन्धित हुन्छन।

Elements of Communication Process (संचार प्रकृयाका तत्वहरु)
  • Source or Sender (श्रोत वा प्रेषक)
श्रोत भन्नाले त्यस्तो पक्ष वा निकाय हो जो संग कुनै जानकारी छ र उसले आफु संग रहेको जानकारी अरुलाइ साझेदारी गर्न चाहन्छ वा त्यसको लागी पहल गर्छ। जसलाई वक्ता, प्रेषक, श्रोत, संचारकर्मी वा संचारसंस्था वा सुचना संप्रेषणकर्ता पनि भनिन्छ। श्रोत एउटा वा थुप्रै पनि हुन सक्छन्। श्रोत व्यक्ती वा संस्था पनि हुन सक्छ। तर श्रोत संग जानकारी गराउन लागेको विषय, घटना वा व्यक्तीका वारेमा जानकारी हुनु पर्दछ। त्यस्तै उक्त जानकारी कस्तो प्रापकलाई वा श्रोतालाई पठाउन खोजिएको हो उसले त्यसको पनि ख्याल राख्नु पर्दछ।

Communication (संचार)

प्रेषक र प्रापक वा वक्ता र श्रोता विच उद्देश्यमुलक ढंगले कुनै पनि संकेत चिन्ह वा हाउभाउको सहायता वाट कुनै पनि विषय वा व्यक्ती को वारेका जानकारी वा सूचनाको आदान प्रदान गरीने प्रक्रियालाइ संचार भनिन्छ।संचार एउटा यस्तो प्रकृया हो जसले सबैलाइ (संसारलाइ) जोडेर एकता वद्ध गर्ने काम गर्छ । सचारद्धारा नै मानव, अभिव्यक्ती, अनुभव तथा कुनै पनि घटना विषय वा व्यक्ती को वारेका जानकारी वा सूचनाको आदान प्रदान गर्न सकीन्छ।मानिस एउटा समाजिक प्राणी भएकाले संचार उसको समाजिकीकरण गर्ने मुल माध्यम हो।संचार विना हरेक प्राणी यस संसारमा रहन सक्दैन।यसको क्रमबद्ध विकाशले नै संसारको विकाश यहाँ सम्म आइपुगको हो।यदी सही रुपमा संचार नहुदो हो त मानिस आज सम्म पनि ढुगे युगमा नै हुन्थे होलान्।Communication (संचार) भन्ने शब्द Latin भाषाको Communis (noun) र Communicare (verb) बाट आएको शब्द हो । जसमा Communis भन्नाले common साझेदारी हो भने Communicare भन्नाले to make common साझेदारी गर्नु हुन्छ। Oxford Dictionary का अनुसार Communication(संचार) भन्नाले विचार वा भावना अभिव्यक्त गर्ने जनतालाइ सूचना दिने, टेलिफोन, रेडीयो, internet द्धारा सुचना दिने कार्य हो।