Communication Process (संचार प्रक्रिया)

Tuesday, December 6, 2011

सूचना वा सन्देशको आदान प्रदान गरीने प्रक्रियालाई संचार प्रकृया भनिन्छ। संचार प्रकृया मा विभिन्न तत्वहरु हुन्छन् जो एक अर्कामा अन्तरसम्बन्धित हुन्छन।

Elements of Communication Process (संचार प्रकृयाका तत्वहरु)
  • Source or Sender (श्रोत वा प्रेषक)
श्रोत भन्नाले त्यस्तो पक्ष वा निकाय हो जो संग कुनै जानकारी छ र उसले आफु संग रहेको जानकारी अरुलाइ साझेदारी गर्न चाहन्छ वा त्यसको लागी पहल गर्छ। जसलाई वक्ता, प्रेषक, श्रोत, संचारकर्मी वा संचारसंस्था वा सुचना संप्रेषणकर्ता पनि भनिन्छ। श्रोत एउटा वा थुप्रै पनि हुन सक्छन्। श्रोत व्यक्ती वा संस्था पनि हुन सक्छ। तर श्रोत संग जानकारी गराउन लागेको विषय, घटना वा व्यक्तीका वारेमा जानकारी हुनु पर्दछ। त्यस्तै उक्त जानकारी कस्तो प्रापकलाई वा श्रोतालाई पठाउन खोजिएको हो उसले त्यसको पनि ख्याल राख्नु पर्दछ।

-->Encoding (संकेतन्)
 वक्ता वा प्रेषक संग रहेको जानकारी लक्षित, श्रोता समक्ष पुर्याउन उक्त जानकारीहरुलाइ श्रोताले बुझने भाषामा अनुवाद गर्ने कार्य संकेतन हो। अर्थात आफु संग रहेको जानकारी अर्को व्यक्ती सम्म पुर्याउन कोड (code) वा संकेत आवश्यक हुन्छ। आफु संग रहेको जानकारी वा भावलाई अर्को व्यक्ती सम्म पुर्याउन उसले बुझने संकेत वा कोड (code)मा अनुवाद गर्ने कार्यलाई  संकेतन भनिन्छ। संकेतन शाब्दीक वा गैर शाब्दिक जेमा पनि गरीन सक्छ जस्तै वोली, अक्षर, भाषा वा हाउभाउ। श्रोतले आफु संग रहेको जानकारीलाई त्यस्तो संकेतमा परिवर्तन गर्छ जुन उसको लक्षित पाठकले बुझ्छ वा प्राप्त गर्न सक्छ। यदी बुझ्न सकेन भने त्यो संचार सफल हुदैन।
  • Message(संदेश)
वक्ता, प्रेषक, श्रोत, संचारकर्मी वा संचारसंस्थाले प्रापकलाई वा श्रोतालाई लक्षित गरि पठाएको कुनै पनि विचार, धाराणा, सूचना वा जानकारीहरुलाई नै संदेश भनिन्छ। जानकारी वा संदेशहरु वक्ता वा प्रेषकबाट प्रापक वा लक्षित श्रोता समक्ष पुर्याउनको लागी नै संचार गरीन्छ। संदेशहरु एउटा अभिवादन देखी दार्शनिक व्याख्या जे पनि हुन सक्छ। संदेश भन्नाले कुनै पनि विषय, घटना वा व्यक्तीका वारेका तथ्य हो तर त्यसमा अर्थ निहित हुन्छ।
  • Medium or Channel (माध्यम)
वक्ता, प्रेषक, श्रोत, संचारकर्मी वा संचारसंस्थाबाट कुनै पनि विचार, धारणा, सूचना वा जानकारीहरुलाई प्रापक वा लक्षित श्रोता समक्ष पुर्याउन प्रयोग गरीने वाटो वा मार्ग वा प्रविधि नै माध्यम हो। कुनै न कुनै माध्यम विना वक्ता, प्रेषक, श्रोत वाट सूचना  वा जानकारीहरु प्रापक वा श्रोता समक्ष पुग्न सक्दैन। अन्तर व्यक्ती संचारमा हावा, आन्तरीक संचारमा स्नायु प्रणाली, पत्रचार गर्दा पत्र, आम संचारमा पत्रपत्रिका रेडीयो टिभि आदी माध्यम हुन्।
  • Decoding (प्रतिसंकेतन्)
वक्ता, प्रेषक, श्रोत, संचारकर्मी वा संचारसंस्थाले प्रापकलाई वा श्रोतालाई पठाएको कुनै पनि विचार, धाराणा, सूचना  वा जानकारीमा रहेको निहित अर्थहरु प्रापक वा लक्षित श्रोताले ग्रहण गर्ने कार्यलाई प्रतिसंकेतन भनिन्छ। वक्ता, प्रेषक, श्रोतले कुनै पनि सूचना  वा जानकारी प्रापक वा श्रोतालाई पठाउदैमा प्राप्त गर्छ नै भन्ने हुदैन। प्रापक वा श्रोताले प्रतिसंकेतन गर्न सकेन भने त्यो व्यर्थ हुन्छ। वक्ता, प्रेषक, श्रोतले कुनै पनि सूचना वा जानकारी प्रापक वा लक्षित श्रोताले अर्थपुर्ण ढंगले ग्रहण गर्ने कार्यलाई प्रतिसंकेतन भनिन्छ। यसक्रममा प्रापकको शैक्षिक, आर्थिक, सांस्कृतिक अवस्थाले बढि महत्व राख्छ। यस क्रममा वक्ता, प्रेषक, श्रोत, संचारकर्मी वा संचारसंस्थाले चाहेको भन्दा फरक अर्थ प्रापकले लगाउन पनि सक्छ।
  • Receiver (प्रापक)
वक्ता, प्रेषक वा श्रोतले पठाएको कुनै पनि सूचना वा जानकारीहरु ग्रहण गर्ने पक्षलाई प्रापक वा श्रोता भनिन्छ। प्रेषक वा श्रोतले पठाएको कुनै पनि सूचना वा जानकारीहरु प्रापकले ग्रहण गरीसकेपछि संचार प्रकृयाले लक्षित अन्त्य पाउँछ। वक्ता, प्रेषक वा श्रोत संचार प्रकृयाको सुरुवाती विन्दु हो भने प्रापक संचार प्रकृयाको अन्तिम विन्दु हो। प्रापक जो कोही पनि हुन सक्छ, एउटा व्यक्ती, समुह वा ठुलो जनसमुदाय। यसमा प्रेषकले प्रापकलाई प्रत्यक्ष रुपमा चिन्न पनि सक्छ। प्रेषक वा श्रोतले पठाएको कुनै पनि सूचना वा जानकारीहरु प्रापकलाइ ग्रहण गर्न क्षमता शैक्षिक स्तर, वातावरण, इच्छा, चाख, चाहना, उमेर लगायतमा भर पर्दछ।
  • Feedback (प्रतिक्रिया)
कुनै पनि सूचना  वा जानकारीहरु प्रापकले ग्रहण गरीसकेपछि व्यक्तीले देखाउने व्यवहार नै प्रतिक्रिया हो। कुनै पनि सूचना वा जानकारीहरु प्रापकले ग्रहण गरीसकेपछि उसमा उत्पन्न हुने आलोचना, सुभाव, धन्यवाद वा सन्तुष्टीलाई प्रतिक्रिया भनिन्छ। यो सूचना  वा जानकारीहरु प्रापकले ग्रहण गरीसकेपछि उत्पन्न हुन्छ। प्रतिक्रियाले संचारलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याउँछ। सकारात्मक प्रतिक्रियाले संचारकर्मिलाई उत्साह प्रदान गर्दछ भने नकारात्मक प्रतिक्रिया संचार प्रक्रियामा रहेको कमजोरी पत्ता पाउन सहयोगी हुन्छ।  आमने सामने संचारमा यो तत्कालै प्राप्त हुन्छ भने आम संचारमा ढिला र कम मात्र प्राप्त हुन्छ।
  • Interference or Noise or Barrier(अवरोध)
कुनै पनि सूचना वा जानकारी प्रवाहमा उत्पन्न हुने वाधालाई अवरोध भनिन्छ। कुनै पनि सूचना वा जानकारीहरु वक्ता, प्रेषक वा श्रोतबाट प्रापक वा लक्षित श्रोता समक्ष पुग्दा वा पुग्ने क्रममा उत्पन्न हुने व्यवधान वा वाधालाई अवरोध भनिन्छ। संचार प्रकृयामा कुनै न कुनै प्रकारको अवरोध रहने गर्दछ। विना अवरोधको संचारको संभव हुदैन। संचार प्रकृयामा जानकारीहरु प्रवाह गर्दा, वा प्रवाह गर्ने क्रममा वा प्रापकले ग्रहण गर्दा वातावरण का कारणले, उपकरण वा प्रविधि वा भाषागत इत्यादी कारणले विभिन्न अवरोधहरु उत्पन्न भई संचारमा हुने वाधालाई अवरोध भनिन्छ। संचार प्रकृयामा  वा जानकारी प्रवाहमा विभिन्न प्रकारका कुराहरुले व्यवधान वा वाधा खडा गर्छ। ति यस प्रकार छन्।

भौतिक अवरोधः प्रेषक वा श्रोत र प्रापक वा श्रोता विचको दुरी र स्थान अनावश्यक आवाज वा शारीरीक अक्षमता आदी कारणले हुने  अवरोध।

भाषिक अवरोधः भाषाका कारणले वा शब्द वा वाक्यको अर्थ वा भाव नबुझेका कारणले कुनै पनि सूचना वा जानकारीहरु प्रवाहमा उत्पन्न हुने वाधा।

मनोवैज्ञानिक अवरोधः प्रेषक वा श्रोतका कारणले नभइ प्रापकको चाहना, इच्छा विचारका कारण वा मनोविज्ञानका कारण कुनै पनि सूचना  वा जानकारीहरु प्रवाहमा उत्पन्न हुने वाधा।

प्राविधिक अवरोधः संचारमाध्यम मा प्रविधिका कारण उत्पन्न हुने अवरोधलाई प्राविधिक अवरोध भनिन्छ। उपकरणको अभाव वा उपकरण चलाउने ज्ञान सिपको अभावका कारण उत्पन्न हुने समस्या।

0 comments:

Post a Comment