Communication (संचार)

Tuesday, December 6, 2011

प्रेषक र प्रापक वा वक्ता र श्रोता विच उद्देश्यमुलक ढंगले कुनै पनि संकेत चिन्ह वा हाउभाउको सहायता वाट कुनै पनि विषय वा व्यक्ती को वारेका जानकारी वा सूचनाको आदान प्रदान गरीने प्रक्रियालाइ संचार भनिन्छ।संचार एउटा यस्तो प्रकृया हो जसले सबैलाइ (संसारलाइ) जोडेर एकता वद्ध गर्ने काम गर्छ । सचारद्धारा नै मानव, अभिव्यक्ती, अनुभव तथा कुनै पनि घटना विषय वा व्यक्ती को वारेका जानकारी वा सूचनाको आदान प्रदान गर्न सकीन्छ।मानिस एउटा समाजिक प्राणी भएकाले संचार उसको समाजिकीकरण गर्ने मुल माध्यम हो।संचार विना हरेक प्राणी यस संसारमा रहन सक्दैन।यसको क्रमबद्ध विकाशले नै संसारको विकाश यहाँ सम्म आइपुगको हो।यदी सही रुपमा संचार नहुदो हो त मानिस आज सम्म पनि ढुगे युगमा नै हुन्थे होलान्।Communication (संचार) भन्ने शब्द Latin भाषाको Communis (noun) र Communicare (verb) बाट आएको शब्द हो । जसमा Communis भन्नाले common साझेदारी हो भने Communicare भन्नाले to make common साझेदारी गर्नु हुन्छ। Oxford Dictionary का अनुसार Communication(संचार) भन्नाले विचार वा भावना अभिव्यक्त गर्ने जनतालाइ सूचना दिने, टेलिफोन, रेडीयो, internet द्धारा सुचना दिने कार्य हो।


-->

नेपाली शब्दसागरका अनुसार Communication(संचार) भन्नाले कुनै पनि कुराहरु लाने वा पठाउने काम हो।संचार संस्कृत शब्दबाट आएको शब्द हो ।Communication(संचार) एउटा वृहद र विवादीत शब्द हो। यसलाइ विभिन्न विद्धानहरुले संचारलाइ विभिन्न तरीकाले परिभाषीत गरेको पाइन्छ।

१. संचार भनेको सूचना आदान प्रदान गरीने प्रक्रिया हो।
२.संचार भनेको प्रेषक र प्रापक विच सूचनाको स्थानान्तरण गरीने प्रक्रिया हो जहाँ प्रापकले उक्त सुचनालाइ बुझेको हुनुपर्छ।
३.संचार तथ्य, विचार, धाराणा, सूचना तथा जोशको आदान प्रदान वा विनिमय गरीने प्रक्रिया हो।
४. एक व्यक्ती र अर्को व्यक्ती वा समुह सम्म कुनै पनि संकेत, चिन्ह, वोलि, अक्षर, अंक, इसारा वा हाउभाउको सहायता वाट कुनै पनि विचार, धाराणा वा सूचनाको आदान प्रदान गरीने प्रक्रियालाइ संचार भनिन्छ।
५. संचार भनेको समाजिक प्रकृया हो र असंख्य उपायहरु जसमा मानव प्राणीहरु एक अर्कासित सम्पर्कमा रहन्छन्।समग्र संचार भनेको शाब्दीक, दृष्यात्मक र लिखीत संकेतहरुको प्रयोगवाट विचारहरुको आदान प्रदान गरीने प्रक्रिया हो।

0 comments:

Post a Comment